दफा ७क
दर्ता भएको पेटेण्ट प्रकाशन गर्ने
: (१) यस ऐनबमोजिम दर्ता भएको पेटेण्टमध्ये राष्ट्रिय हितको लागि गोप्य राख्नु पर्ने बाहेक अन्य पेटेण्टहरू विभागले सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशित गर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशित पेटेण्टको विवरण, नक्सा वा रेखाङ्कन कसैले हेर्न वा त्यसको नक्कल लिन चाहेमा विभागबाट तोकिएको दस्तुर बुझाई त्यस्तो पेटेण्ट हेर्न वा त्यसको नक्कल लिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पेटेण्ट हेरेको वा त्यसको नक्कल लिएको मितिले पैंतीस दिनभित्र त्यस्तो पेटेण्ट उपर कसैको कुनै विरोध भएमा विभागमा उजूर गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम उजूर पर्न आएमा विभागले जाँचबुझ गरी आवश्यक  कारवाही गर्नु पर्नेछ ।